Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमाले भ्रष्टाचार विरोधी अभियानको पक्षमा छ : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले भ्रष्टाचार विरोधी अभियानको पक्षमा रहेको बताएका छन् ।

एमाले स्याङ्जा जिल्ला अधिवेशन उद्घाटनलाई गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । उनले पार्टीबाट सरकारमा गएका मन्त्रीहरूले भ्रष्टाचार गरेको सुइँको पाउने बित्तिकै हटाएर कारबाही गर्ने बताए।

उनले भ्रष्टाचार अन्त्य गरेर देश बनाउने अभियानमा एमाले लागेका बताए । अध्यक्ष ओलीले वाइडबडी जहाज खरिद भ्रष्टाचार प्रकरणमा मुद्दा दायर अघि बढेपछि कांग्रेस आत्तिएको टिप्पणी गरे।

अध्यक्ष ओलीले भने,'नेपाली कांग्रेसले मतिर फर्किएर धेरै पटक भनेको थियो वाइडबडीको छानबिन गर, वाइडबडीका भ्रष्टहरूलाई कारबाही गर भनेर, चर्को चर्को स्वरमा कराउँथ्यो। यो वाइडबडीको मुद्दा अघि बढ्यो के गर्यो भनेर कांग्रेस उफ्रिने उत्तेजित हुने, कराउने गर्न थालेको छ। मैले उसैलाई भनेको थिए, वाइडबडीको छानबिन गराऊ र जेलमा जाऊ भनेका थिए। अरू पनि छानबिन गराऊ जेलमा जाऊ, काँक्रो आफू चोर्ने, काँक्रोको बीउ अर्काको गालामा टाँस्ने ? '

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन मन्त्री जीवनबहादुर शाहीसहित ३२ जनाविरुद्ध वाइडबडी जहाज खरिद भ्रष्टाचार प्रकरणमा मुद्दा दायर गरेपछि ओलीले यस्तो टिप्पणी गरेका हुन्। तत्कालीन मन्त्री शाही कांग्रेसका प्रदेश सभा सदस्य पनि हुन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077