Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

बैंकिङ कसुरमा १४ लाख जरिवाना तोकिएका थापा पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बैंकिङ कसुर मुद्दाका फरार रहेका एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका-६ घर भई हाल जिल्ला काठमाडौं बुढानीलकण्ठमा बस्ने ३३ वर्षीय अमृत थापा रहेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मीनभवनबाट पक्राउ गरेको हो।

पक्राउ परेका उनलाई ललितपुर जिल्ला अदालत पठाइएको प्रहरीले जनाएको छ।

उच्च अदालत पाटनले बैंकिङ कसुर मुद्दामा ६ दिन कैद र जाहेरवालालाई १६ लाख रुपैयाँ बिगो भराई बिगो बमोजिम १४ लाख २१ हजार ४ सय जरिवाना तथा क्षतिपूर्ति बापत पीडित राहत कोषमा ६४ हजार रुपैयाँ जम्मा गराउने ठहर गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077