Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गाजामा युद्धविरामको माग गर्ने प्रस्तावमा भारतले गरेन मतदान

काठमाडौं । संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्मा गाजामा युद्धविरामको माग गर्ने प्रस्तावमा भारत मतदान गर्नबाट अलग रहेको छ ।

शुक्रबार भएको मतदानमा भारतसहित १३ देशले भाग लिएनन् । २८ देशले पक्षमा मतदान गरे भने अमेरिका र जर्मनीसहित ६ देशले विपक्षमा मतदान गरे ।

परिषदले पाँचवटा प्रस्ताव पारित गरेको छ । यसमा गाजा पट्टीको घेराबन्दी हटाउन माग गर्ने प्रस्ताव पनि समावेश छ।

एन्टोनियो गुटेरेसले गाजामा युद्धविरामको लागि निरन्तर अपिल गर्दै आएका छन् र गाजाका सम्पूर्ण जनसङ्ख्या भोकमरीको विन्दुमा पुग्ने चेतावनी दिइरहेका छन्।

राष्ट्रसंघका अनुसार इजरायली सैन्य अभियानमा हालसम्म एक लाखभन्दा बढी प्यालेस्टाइनी मारिएका वा घाइते भएका छन् जसमध्ये एक तिहाइ बालबालिका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077