Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

उपनिर्वाचन : इलाम २ मा २० जनाले गराए उम्मेदवारी दर्ता [सूचीसहित]

काठमाडौं । इलाम क्षेत्र न –२ मा वैशाख १५ गते हुने उपनिर्वाचनमा २० जनाले उम्मेदवारी दर्ता गरेका छन् ।

निर्वाचन अधिकृतको कार्यालय अनुसार शनिवार बिहान ११ बजेदेखि साँझ पौने ६ बजेसम्ममा २० जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।

नेकपा एमाले, नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एस, नेपाल मजदुर किसान पार्टीलगायतका उम्मेदवारहरूले आफ्नो मनोनयन दर्ता गराएका छन् ।

एमालेबाट सुहाङ नेम्वाङ, कांग्रेसबाट डम्बर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिलन लिम्बू, नेकपा एसबाट जीतबहादुर राई, जनमत पार्टीबाट प्रेमकुमार थाम्सुहाङ, नेपाल मजदुर किसान पार्टीबाट श्यामबहादुर दर्जी, मङ्गोल नेशनल अर्गनाइजेशनबाट मनबहादुर लिम्बूले मनोनयन दर्ता गराएका हुन् ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पाटीका गणेश बहादुर चौहान, स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू, डाकप्रसाद गौतमलगायतले उम्मेदवारी दर्ता गराएका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । आउँदो वैशाख १५ गते सो क्षेत्रमा उपनिर्वाचन हुँदै छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077