Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अमेरिका र चीनबीच ‘सन्तुलित आर्थिक वृद्धि’ का लागि वार्ता गर्ने सहमति

ग्वान्झाओ । संयुक्त राज्य अमेरिका र चीनबीच ‘सन्तुलित वृद्धिका लागि गहन आदानप्रदान’ गर्न सहमति भएको छ ।

अमेरिकी अर्थमन्त्री जेनेट येलेन र उनका चिनियाँ समकक्षी हे लिफेङबीच ग्वान्झाओमा दुई दिनसम्म चलेको वार्तापछि अमेरिकी अर्थ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “गत नोभेम्बरमा अमेरिकी राष्ट्रपति जो बाइडेन र सी चिनफिङबीच भएको भेटवार्तापछि विश्वका दुई प्रमुख अर्थतन्त्रबीचको चट्टानी सम्बन्धलाई स्थिर बनाउने संयुक्त प्रयासमा यो पछिल्लो कदम हो ।”

येलेनले शनिबार भएको एक कार्यक्रममा भन्नुभयो, “यी आदानप्रदानले समष्टिगत आर्थिक असन्तुलनको बारेमा छलफल गर्न मद्दत गर्नेछ । छलफलले चीनको क्ष्मताभन्दा बढी देखिएको विश्वव्यापी आपूर्ति नियन्त्रणबारे बहस चलाएको छ र म यसलाई अमेरिकी कामदार र फर्महरूको लागि समान अवसर सिर्जनाका लागि भएकोे छलफलका रूपमा व्याख्या गर्न चाहन्छु ।”

ताइवान र भिडियो एप टिकटकको पहुँचलाइृ लिएर वासिङ्टन र बेइजिङबीच तनाव थपिएको समय येलेनको चीन भ्रमण भएको हो ।

सन् २०२२ को फेब्रुअरीमा युक्रेनमा गरेको आक्रमणको बेइजिङले निन्दा नगरेको भन्दै रूसलाई चिनियाँ कम्पनीले युद्धका लागि सहयोग गरेमा ‘महत्वपूर्ण परिणाम’ भोग्नुपर्ने अमेरिकी अथैमन्त्रीले चेतावनी दिए ।

अमेरिकी अर्थमन्त्री येलेनले भने, “रूसी रक्षा औद्योगिक आधारलाई समर्थन गरेमा यसबाट चीनले नराम्रो परिणाम व्यहोर्नुपर्ने हुन्छ । जनगणतन्त्र चीनमा रहेका हतियार उत्पादन कम्पनीसहित विश्वका अन्य कम्पनीहरूले युक्रेनविरुद्ध रूसको युद्धको लागि भौतिक समर्थन प्रदान गर्नु हुँदैन ।' रासस

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077