Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

गण्डकीको मुख्यमन्त्रीमा खगराज अधिकारीको दाबी पेस

पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले सांसदीय दलका नेता खगराज अधिकारीले दाबी पेस गरेका छन् ।

एमाले, माओवादी र स्वतन्त्र सांसद राजीव गुरुङको समर्थनमा अधिकारीले मुख्यमन्त्रीमा दावी पेस गरेका हुन्।

यसमा सभामुखको समेत संख्या गनिएको छ । कोशीमा सभामुख सहित संख्या गनेर दावी गर्दा पछि अदालतले उक्त सरकार उल्ट्याइदिएको थियो ।

त्यही घटना गण्डकीमा पनि दोहोरिने भएको छ । एमालेका २२, माओवादीका सभामुख सहित ८ र मनाङे गरी ३१ सीट पुग्छ ।

सत्ता समीकरण फेरिएपछि गण्डकीका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले राजीनामा दिएपछि प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा १६८ (२) अनुसार यही चैत २७ गते ३ बजेभित्र दाबी पेस गर्ने समय दिएका थिए ।

त्यसैले नेकपा एमाले संसदीय दलका नेता अधिकारी, माओवादी केन्द्र संसदीय दलका नेता हरिबहादुर चुमान र मनाङ्गेसहित मुख्यमन्त्री कार्यालयमा पुगेका थिए ।

६० सदस्यीय गण्डकी प्रदेशसभामा सत्ता गठबन्धनका नेकपा एमालेका २२, माओवादी केन्द्रका सभामुखसहित ८ र स्वतन्त्र एक सांसद छन् । यसैगरी सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका २७ र राप्रपाका २ सांसद छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077