Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सिंहदरबारको दक्षिण गेटमा नेविसंघको प्रदर्शन, प्रदर्शनकारी पक्राउ

काठमाडौं । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघले सरकारविरुद्ध सिंहदरबार दक्षिण गेट अगाडि प्रदर्शन गरेको छ ।

गठबन्धन सरकारले गरेको भ्रष्टाचार र अनियमितताविरुद्ध नेविसंघले प्रदर्शन गरेको हो ।

बेथिति, भ्रष्टाचार र अनियमितता विरुद्ध प्रदर्शन गरिएको नेविसंघ कार्यकर्ताहरुले जनाएका छन् ।

प्रदर्शनका क्रममा ६ जना पक्राउ परेका छन् । उनीहरूले वर्तमान सरकारले अपेक्षा अनुसार काम नगरेको भन्दै विभिन्न नारा सहितका प्लेकार्ड लिएर प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077