Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

ओलीविरुद्ध प्रचण्ड र माधवलाई बोक्नु कांग्रेसको भूल थियो : चन्द्र भण्डारी

रूपन्देही । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले केपी ओलीले गरेको संसद विघटन प्रतिगमन नभएको बताएका छन् ।

आइतबार बुटवलमा प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता भण्डारीले यस्तो बताउका हुन् । भण्डारीले केपी ओलीले संसद विघटन गर्दा चुनावमा नगएर नेपाली कांग्रेसले गम्भीर गल्ती गरेको बताए ।

नेता भण्डारीले त्यतिबेला प्रतिगमन भन्दै पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालको पछि लाग्नु कांग्रेसको गम्भीर गल्ती रहेको बताए ।

नेता भण्डारीले भने,'चुनावमा जानू भनेको प्रतिगमन होइन, त्यतिबेला चुनावमा गएको भए कांग्रेस र एमालेमात्र हुन्थे प्रचण्ड र माधव नेपालको पछि लागेर प्रतिगमन भन्दै हिड्नु गलत थियो।अहिले सरकार बनाउन धेरै दलको साथ खोज्नुपरेको छ, त्यो बेला चुनावमा गएको भए धेरै समस्या हुने थिएन, साना दलको अवस्था अहिलेको ठाउँमा रहने थिएन ।’

नेता भण्डारीले आवश्यकताभन्दा धेरै जनप्रतिनिधि र कर्मचारी भएका कारण विकास निर्माणका लागि बजेट नपुगेको बताए ।

उनले संघ र प्रदेशमा जनप्रतिनिधि र कर्मचारी संख्या आधा घटाउनुपर्ने प्रस्ताव दोहोर्‍याए ।

भण्डारीले ३६ हजार जनप्रतिनिधिलाई १८ हजारमा र एक लाख कर्मचारीलाई ५० हजारमा झार्नुपर्ने तर्क गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077