Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

२२ अंकले बढ्यो सेयर बजार परिसूचक नेप्से

काठमाडौं । साताको पहिलो सेयर कारोबार दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ।

अघिल्लो साता लगातार घटेको नेप्से आइतबार २२.७५ अंकले बढेको हो। यस दिन ३ सय ११ कम्पनीको १ करोड १२ लाख १० हजार १०२ कित्ता सेयर ४ अर्ब २५ करोड ६६ लाख ७६ हजार ३३३ रुपैयाँमा खरिदबिक्री भएको छ।

५ कम्पनीमा सकारात्मक सर्किट लागेको छ। यस दिन २ वटा बाहेक बाँकी सबै समूहका उपसूचकमा वृद्धि भएको छ।

सबैभन्दा बढी फाइनान्स समूहको सूचक ५.९५ प्रतिशतले बढेको छ। ९५ करोड २० लाख रुपैयाँको कारोबारसहित नेपाल पुनर्बिमा कम्पनीको संस्थापक सेयर अग्रस्थानमा रह्यो।

आइतबार होटल तथा पर्यटन समूहको उपसूचक र ट्रेडिङ समूहको उपसूचक बाहेक बाँकी ११ वटा उपसूचक धनात्मक भएका छन् । आइतबार झण्डै आधा दर्जन कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077