Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रहरीमा डीआईजीको दुई पद सृजना गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले नेपाल प्रहरीमा नायब महानिरीक्षक(डीआईजी)को दुई पद सृजना गरेको छ ।

२२ चैतमा बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी) र केनाइन कार्यालयमा प्राविधिक प्रहरी समूहतर्फ दुई पद सृजना गर्ने निर्णय गरेको हो ।

त्यो पदमा कार्यरत पदाधिकारीको कार्याकाल सकिएपछि यो पद स्वतः खारेज हुनेछ ।

स्रोतका अनुसार, सीआईबी मातहत रहेको साइबर ब्यूरोका प्रमुख एसएसपी नविन्द अर्याल र प्रहरीको कुकुरसम्बन्धी केनाइन कार्यालयकी एसएसपी डा. देउती गुरुङलाई बढुवा गर्ने गरी दरबन्दी थप भएको हो ।

अर्याल साइबर ब्यूरो स्थापना हुनुअघि केन्द्रीय अनुसन्धान ब्यूरोमा साइबर शाखा प्रमुख थिए । ब्यूरो स्थापना हुँदा उनी त्यता पठाइएका थिए ।

प्रहरी प्रधान कार्यालयले केन्द्रीय अनुसन्धान ब्युरोमा साइबर हेर्ने गरी विज्ञ डिआइजी राख्न प्रस्ताव गरेको थियो ।

नेपाल प्रहरी केनाईन महाशाखा हाल वरिष्ठ उपरीक्षक प्रमुख हुने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077