Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपालको बलिङ कन्सलट्यान्टमा इस्टविक नियुक्त

काठमाडौं । नेपालको राष्ट्रिय क्रिकेट टिमको बलिङ कन्सलट्यान्टमा रोडरिक इस्टविक नियुक्त भएका छन् ।

टी–२० विश्वकपको तयारीमा रहेको नेपाल टिमको बलिङ कन्सलट्यान्टमा इस्टविकलाई नियुक्ति गरिएको हो ।

६३ वर्षीय इस्टविक पछिल्लो समय वेष्ट इण्डिजको बी टीमको प्रशिक्षक थिए ।

नेपाली क्रिकेटको प्रगतिलाई आफूले हेरिरहेको भन्दै उनले आफूले सक्दो सहयोग गर्ने बताए । प्रशिक्षक मोन्टी देशाईले ह्यापिङ ड्रेसिङ रुपमा एस्टविकलाई स्वागत गरेका छन् ।

वेष्ट इण्डिजमा एकसाथ काम गरेको भन्दै उनले उनको आगमनले नेपालका फास्ट बलरहरुलाई निकै फाइदा हुने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077