Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

भिसा अवधि सकिएर पनि नेपालमा बसिरहेका १० बंगलादेशी नागरिक पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले भिसा अवधि समाप्त भएर पनि नेपालमा अवैध रुपमा बसिरहेका १० बंगलादेशी नागरिकलाई पक्राउ गरेका छ।

विभिन्न मितिमा नेपाल प्रवेश गरेर गैर कानुनी ढंगले बसोबास गर्नुका साथै शंकास्पद गतिविधिहरूमा संलग्न रहेको सूचनाको आधारमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा बंगलादेशी नागरिक ३३ वर्षीय अनिसुर रहमान, २३ वर्षीय अब्दुल्ला, २१ वर्षीय इमामुल हुसेन, २६ वर्षीय हफिजुर रहमान, २० वर्षीय सोजिब हुसेन, २४ वर्षीय सैफुल इस्लाम, ४१ वर्षीय बिलाल हुसेन, ४२ वर्षीय सलिम, २७ वर्षीय नासिर उद्दीन र ४० वर्षीय इसिन खान रहेका छन्।

पक्राउ परेका सबै बंगलादेशको ढाका निवासी हुन्। उनीहरुलाई काठमाण्डौंको सोह्रखुट्टे, ठमेल एरियाबाट काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको विशेष टोलीले पक्राउ गरेको हो।

सबै काठमाडौंकाे सोह्रखुट्टे बस्दै आएका थिए। उनीहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि अध्यागमन विभाग, कालिकास्थान पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077