Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रपति जेलेन्स्की भन्छन् - अमेरिकी कांग्रेसले सहायता रोके युक्रेनले युद्ध हार्न सक्छ

युक्रेन । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले अमेरिकी कांग्रेसले मस्कोको आक्रमणसँग लड्न सैन्य सहायतालाई अनुमति नदिए किएभले रुसविरुद्धको युद्ध हार्ने टिप्पणी गरेका छन् ।

कांग्रेसमा रिपब्लिकनले महिनौँदेखि किएभका लागि अर्बौँ डलरको सैन्य सहायतामा रोक लगाएपछि जेलेन्स्कीले यस्तो प्रतिक्रिया दिएका हुन् ।

‘कांग्रेसले युक्रेनलाई सहयोग नगरे युक्रेनले युद्ध हार्नेछ भनेर विशेषरूपमा कांग्रेसलाई बताउन आवश्यक छ’, किएभ–संगठित कोष सङ्कलन प्लेटफर्म युनाइटेड-२४ को भिडियो बैठकमा उनले भने ।

जेलेन्स्कीले सहायताबिना युक्रेनको अस्तित्व जोगाउन कठिन हुने बताए। युक्रेनले युद्ध हार्यो भने अन्य राज्यमा पनि हमला हुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077