Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कोशी प्रदेश सरकारबाट बाहिरिने माओवादी केन्द्रको निर्णय, मन्त्रीहरुले आजै राजीनामा बुझाउने

विराटनगर । कोशी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिएको छ ।

सोमबार प्रदेशसभा संसद् सचिवालयमा बसेको माओवादी प्रदेश संसदीय दलको बैठकले केदार कार्की नेतृत्वको सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

बैठकले आजै माओवादी केन्द्रका मन्त्रीले राजीनामा दिने निर्णय गरेको छ । माओवादीका तर्फबाट सरकारमा ३ जना मन्त्री छन् ।

त्यस्तै नेकपा एमाले र नेकपा माओवादी केन्द्रले संयुक्त रुपमा कोशी सरकारलाई दिएको समर्थन फिर्ता लिने भएका छन् ।

कोशीका मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन आजै फिर्ता लिने दुई दलको तयारी छ ।

एमालेका प्रदेशसभा सदस्यले समर्थन फिर्ता लिन हस्ताक्षर गरिसकेका छन् । माओवादी संसदीय दलको अहिले बैठक बसिरहेको छ ।

बैठक सम्पन्न भएसँगै हस्ताक्षर गरेर समर्थन फिर्ता गरेको जानकारी संयुक्त रुपमा संसद सचिवालयमा गराउने तयारी भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077