Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

आगामी जेठ ११ गते अधिवेशन बोलाउन मुख्यमन्त्री कार्कीले गरे प्रदेश प्रमुखलाई सिफारिस

विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आगामी जेठ ११ गते अधिवेशन बोलाउन सिफारिस गरेका छन्।

मुख्यमन्त्रीले २०८१ जेठ ११ गते प्रदेशसभाको नियमित बैठक आह्वान गर्नका लागि प्रदेश प्रमुख परशुराम खापुङ्गलाई पत्राचार गरेका हुन् ।

कोशीमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाले प्रदेश प्रमुखलाई अधिवेशन आह्वान गर्न आग्रह गरेका थिए।

उनीहरूले तत्काल प्रदेश सभा अधिवेशन तोक्न भन्दै सोमबार नै प्रदेश प्रमुख खापुङ्गसमक्ष लिखित निवेदन दिएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077