Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

क्यानद्धारा टी-२० विश्वकपका लागि नेपालको नयाँ जर्सी सार्वजनिक

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी टी-२० विश्वकप २०२४ मा नेपाली क्रिकेट टिमले लगाउने जर्सी सार्वजनिक गरेको छ ।

आगामी जुनमा वेस्ट इन्डिज र अमेरिकामा हुने आईसीसी टी-२० विश्वकपका लागि क्यानले आज नेपाली टिमले लगाउने जर्सी सार्वजनिक गरेको हो।

निलो र रातो रंग मिश्रित जर्सीमा दुवै काँधमा नेपालको झण्डा छ। यस्तै नयाँ जर्सीको सबैभन्दा तल गैंडा र सगरमाथा छ । छातीको एक भागमा प्रयोजकको लोगो र अर्को भागमा क्यानको लोगो छ।

बीचमा नेपाल लेखिएको छ । बीचको भागको रंग निलो छ ।कलर अर्थात् घाँटीको भाग रातो रंगमा छ । दुवै भागतर्फ बाउला (हातमा) नेपालको झण्डा छ ।

विश्वकप नेपाल समूह ‘डी’ मा छ। समूहमा नेपालले दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ। विश्वकपको समूह चरणका खेल जुन १ देखि १८ सम्म हुनेछन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077