Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मुस्ताङमा लेंक लागेर तीर्थालुको मृत्यु

जोमसोम । मुस्ताङको कागबेनीमा श्राद्ध गर्न आएका एक तीर्थालुको लेंक लागेर मृत्यु भएको छ ।

गुल्मी जिल्ला मालिका गाउँपालिका ४ घमिरका ६८ वर्षीय कृष्णप्रसाद लम्सालको सोमबार बिहान वारागुङ मुक्तिक्षेत्र ४ कागबेनीधाममा पुजापाठ गर्ने क्रममा लेंक लागेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार मुस्ताङको धार्मिक स्थल कागबेनीधामको कालिगण्डकी किनारामा दिवंगत पितृको श्राद्ध,पिण्डदान र तर्पण दिनका लागि पूजापाठ र स्नान गरिरहेको बेला अचानक श्वासप्रश्वासमा समस्या देखिएपछि उनी त्यही बेहोस भई ढलेका थिए ।

त्यसपछि उनलाई प्रहरी र स्थानीयबासीको सहयोगमा कागबेनी स्वाथ्यचौकी पुर्‍याइएको थियो । बेहोस भई ढलेका लम्साललाई कागबेनी स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि थप उपचारका लागि मुस्ताङ अस्पताल जोमसोम ल्याइएको थियो ।

स्वास्थ्य चेकजाँच गर्ने क्रममा सोमबार बिहान ८ बजेर ५० मिनेटको समयमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077