Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

कैलालीमा एउटै कोठामा मृत भेटिए दिदीबहिनी

धनगढी । कैलालीमा दिदीबहिनी मृत फेला परेका छन्।

जिल्लाको घोडाघोडी नगरपालिका-१० ठेबारस्थित एक घरमा दुई जना मृत फेला परेका हुन्।

टिनले छाएको काठको दुई तले कच्ची घरको तल्लो कोठामा दिदीबहिनी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

मृतक २७ वर्षीया सिमालु चौधरी र उनकी २२ वर्षीया बहिनी इन्द्रा छन्।

दुवै जना धुरीमा झुन्डिएको अवस्थामा भेटिए पनि यसबारे थप केही नखुलेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077