Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

कांग्रेस सचेतक थिङको प्रश्न - गृहमन्त्री लामिछानेलाई दण्ड दिनुपर्छ कि पर्दैन ?

काठमाडौं । नेपाली कांग्रेसकी सचेतक सुशीला थिङले गृहमन्त्रीमाथि संसदीय छानबिन समिति बनाउन माग गरेकी छिन् । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सचेतक थिङले यस्तो बताएकी हुन् ।

थिङले सूर्यदर्शन सहकारी लगायत ६ वटा सहकारीबाट करिब १ अर्ब गोर्खा मिडिया कम्पनीमा लगेको र सो रकम लान पाउँछ कि पाउँदैन, सो काम गर्नेलाई दण्ड दिनुपर्छ कि पर्दैन ? भन्दै प्रश्न गरिन् ।

उनले गोरखा मिडिया प्रालिको सञ्चालक समितिमा रहेका रवि लामिछानेलाई दण्ड हुन्छ कि हुँदैन भन्दै प्रश्न गरेकी थिइन् ।

थिङले भनिन,‘रवि लामिछाने भएको ठाउँमा अरू जो कोही भएको भए पनि अनुसन्धान हुन्थ्यो होला, कानुन लाग्थ्यो होला । रवि लामिछाने भएको कारणले अनुसन्धान रोकिने ? यो कस्तो सरकार हो ? सरकार जबाफदेही हुनुपर्छ कि पर्दैन ?’

उनले नेपाली कांग्रेसको संसदीय दलको बैठकको निर्णय समेत बैठकमा वाचन गरेर सुनाइन । उनले विगतका दिनदेखि संसद्मा ध्यानाकर्षण गराउँदा पनि संसदीय छानबिन समिति नबनाएको भन्दै बैठक अवरोध गर्ने बताइन् ।

सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्न संसदीय दल बैठकले गरेको निर्णय नै उनले पढेर सुनाएकी थिइन्। संसदीय छानबिन समिति गठन नगरे सदन चल्न नसक्ने उनको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077