Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

संसदीय छानबिन समितिबाट आरोपित देखिए गृहमन्त्रीले पदबाट राजीनामा दिनुपर्छ : नेता कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता शशांक कोइरालाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पदबाट राजीनामा दिनुपर्ने बताएका छन् ।

प्रतिनिधिसभा बैठक स्थगन गरिएपछि मंगलबार संसद् भवनबाट बाहिरिँदै गर्दा सञ्चारकर्मीसँग उनले यस्तो बताएका हुन् ।

उनले गृहमन्त्री रवि सहकारीको रकम ठगी प्रकरणमा फसेको भन्दै त्यही कारण संसदीय छानबिन अस्वीकार गरिएको बताए ।

संसदीय छानबिन समितिबाट पनि आरोपित देखिए लामिछानेले पदबाट राजीनामा दिनुपर्ने उनको भनाई छ । उनले आरोपित हुँदासम्म पदभार ग्रहण गर्नै नमिल्ने उनको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077