Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

चीनले रुससँग ‘रणनीतिक सहयोग सुदृढ’ बनाउने

बेइजिङ । चीनका विदेशमन्त्री वाङ यीले मङ्गलबार आफ्ना रुसी समकक्षी सर्गेई लाभरोभसँगको भेटका क्रममा बेइजिङले मस्कोसँग रणनीतक सहयोगलाई बलियो बनाउने र दुवै मुलुक ‘निष्पक्षता र न्याय’ को पक्षमा उभिनुपर्ने बताएका छन् ।

युक्रेनमा रुसको युद्ध जारी रहेका बेला दुवै मुलुकबीच कूटनीतिक सम्बन्धलाई बलियो बनाउन लाभरोभ सोमबार दुई दिवसीय औपचारिक भ्रमणका क्रममा चीन पुगेका छन् ।

रुस र चीनले हालैका वर्षहरूमा सम्पर्कहरू बढाएका छन् र युक्रेनमा आक्रणमपछि उनीहरूबीचको रणनीतिक साझेदारी अझ घनिष्ठ भएको छ ।

यद्यपि विश्लेषकहरूका अनुसार रुससँगको सम्बन्धमा चीनको हात माथि रहेको छ र मस्कोको अन्तर्राष्ट्रिय एक्लोपन गहिरिँदै जाँदा चीनको प्रभाव पनि बढ्दै गएको छ ।

मङ्गलबारको बैठकमा चिनियाँ विदेशमन्त्री वाङले वाचा गर्दै भने, “चीनले (भ्लादिमिर) पुटिनको नेतृत्वमा रुसलाई स्थिर विकासको समर्थन गर्नेछ ।”

आरआइए नोभोस्ती समाचार समितिका अनुसार वाङले भने, “बेइजिङ र मस्कोले विश्व मञ्चमा रणनीतिक सहयोगलाई बलियो बनाउन र एक आपसमा बलियो समर्थन प्रदान गर्न जारी राख्नेछन्, राष्ट्रपति पुटिनको बलियो नेतृत्वमा रुसी जनताको भविष्य उज्जव हुनेछ ।”

जवाफमा लाभरोभले राष्ट्रपति पुटिन हालै पुनः निर्वाचित हुनुभएकामा चीनको ‘समर्थन’ का लागि धन्यवाद दिए ।

इजभेस्टियाले टेलिग्राममा साझा गरेको बैठकको एक भिडियोअनुसार उनले भने, “चिनियाँ राष्ट्रपति सी जिनपिङ निर्वाचित राष्ट्रपति पुटिनलाई बधाई पठाउने पहिलो मानिसहरूमा हुनुहुन्थ्यो र हामी यो समर्थनका लागि हाम्रो चिनियाँ मित्रहरूप्रति आभारी छौँ ।”

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077