Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • कांग्रेसलाई गृहमन्त्री रविले भने – उजुरी पर्दैमा म पदबाट राजीनामा दिन्न

    कांग्रेसलाई गृहमन्त्री रविले भने – उजुरी पर्दैमा म पदबाट राजीनामा दिन्न

    अनलाइन नेपाल
  • मंगलबार, २७ चैत्र २०८०
  • 1.4K
    SHARES

    काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा उजुरी पर्दैमा आफूले पदबाट राजीनामा नदिने अडान लिएका छन् ।

    मंगलबार संसद् भवन परिसरमा सञ्चारकर्मीको जिज्ञासामा लामिछानेले सो अडान लिएका हुन् ।



    उजुरी पर्दैमा राजीनामा दिने हो भने त्यसमा सहमति गरेर अघि बढ्न उनले नेपाली कांग्रेस तयार हुनुपर्ने सर्त समेत राखेका छन् ।



    उजुरी पर्दैमा छानबिन गर्ने विषय संसदीय मूल्य–मान्यताभित्र नपर्ने पनि उनको जिकिर छ ।

    लामिछाने सहकारीको रकम ठगी प्रकरणमा मुछिएको भन्दै कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गरिरहेको छ । यही मागसहित कांग्रेसले संसद् बैठक अवरुद्ध गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार