Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

लागूऔषध खैरो हेरोइनसहित दुई जना पक्राउ

काठमाडौं । प्रहरीले ललितपुरबाट लागूऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ।

ओखलढुंगा घर भई काठमाडौं महानगरपालिका-६ बस्ने ३५ वर्षीय मनोज राई र काभ्रे घर भई ललितपुर महालक्ष्मी नगरपालिका-४ बस्ने ३० वर्षीय रविन्द्र श्रेष्ठ पक्राउ परेका हुन्।

लागूऔषध खैरो हेरोइनको कारोबार गर्न लागेको भन्ने गोप्य सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई इमाडोलबाट सोमबार साँझ पक्राउ गरेको हो।

उनीहरूको साथबाट ४१ ग्राम खैरो हिरोइन जस्तो देखिने वस्तु, १ थान डिजिटल तराजु, नेपाली नगद ४३ हजार रूपैयाँ बरामद गरेको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

उनीहरूलाई लागूऔषध मुद्दामा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077