Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • राष्ट्रियसभा अध्यक्ष दाहालसँग इजरायली राजदूतको भेट

    राष्ट्रियसभा अध्यक्ष दाहालसँग इजरायली राजदूतको भेट

    अनलाइन नेपाल
  • मंगलबार, २७ चैत्र २०८०
  • 258
    SHARES

    काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग इजरायली राजदूत हनान गोदरले शिष्टाचार भेट गरेका छन् ।

    सिंहदरबारस्थित अध्यक्ष दाहालको कार्यकक्षमा भएको भेटमा दुई देशबिचको कूटनीतिक सम्बन्ध र आपसी सहकार्यका विषयमा कुराकानी भएको हो ।



    भेटका अवसरमा अध्यक्ष दाहालले नेपाल–इजरायल कूटनीतिक सम्बन्ध स्थापनाको ६० वर्ष पुगिसकेको चर्चा गर्दै आगामी दिनमा पनि दुई देशबिचको सम्बन्ध थप मजबुत र घनिष्ठ हुने विश्वास व्यक्त गरे ।



    लामो द्वन्द्वपछि नेपालमा शान्ति प्रक्रिया टुङ्गोमा पुग्न लागेको उल्लेख गर्दै अध्यक्ष दाहालले नेपाल अब आर्थिक समृद्धिको बाटोमा लागेको र त्यसका लागि इजरायल सरकारको महत्त्वपूर्ण सहयोग आवश्यक रहेको बताए ।

    उनले अहिले पनि करिब चार हजार नेपाली श्रमिक इजरायलमा रहेको उल्लेख गर्दै उनीहरूको सुरक्षा र रोजगारीका विषयमा चासो व्यक्त गरे ।

    सो अवसरमा इजरायली राजदूत गोदारले इजरायल र नेपालको सम्बन्ध निकै घनिष्ठ रहेको चर्चा गर्दै नेपालको कला, संस्कृति, परम्परा र पर्यटकीयस्थलका हिसाबले धनी रहेको बताए ।

    आफूले लामो समय नेपालमा रहेर काम गर्ने मौका पाएको उल्लेख गर्दै राजदूत गोदारले सगरमाथा, लुम्बिनी, चितवन, पोखरा, रारालगायतका नेपालका थुप्रै पर्यटकीय गन्तव्यले विश्वमै नेपालको पहिचान दिलाएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार