Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन २८ गते हुने

    राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन २८ गते हुने

    अनलाइन नेपाल
  • बुधबार, २१ चैत्र २०८०
  • 288
    SHARES

    काठमाडौं । राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन चैत २८ गते हुने भएको छ ।

    राष्ट्रियसभाको बुधबार बसेको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले निर्वाचनको मिति घोषणा गरेका हुन् ।



    साथै निर्वाचनको कार्यक्रम सम्बन्धी सूचना प्रकाशन गर्न संसद्का महासचिव पद्मप्रसाद पाण्डेयलाई निर्देशन समेत दिएका छन्।



    गठबन्धन दलको सहमति अनुसार गत चैत १५ गते उपाध्यक्ष उर्मिला आर्यालले पदबाट राजीनामा गरेकी थिइन् ।

    अर्को उपाध्यक्ष कुन दलबाट कसलाई बनाउने भन्नेबारेमा गठबन्धन दलहरुले सहमति भने जुटाइसकेका छैनन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार