Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • राष्ट्रियसभा अध्यक्ष दाहालले भने – प्रचण्डसँग नाम जोडिँदा वाक्कदिक्क भइसकें

    राष्ट्रियसभा अध्यक्ष दाहालले भने – प्रचण्डसँग नाम जोडिँदा वाक्कदिक्क भइसकें

    अनलाइन नेपाल
  • मंगलबार, ४ बैशाख २०८१
  • 297
    SHARES

    काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले आफूलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग निरन्तर नाम जोडिँदा दिक्क भइसकेको बताएका छन् ।

    मंगलबार सिंहदरबारमा बोल्दै राष्ट्रियसभा अध्यक्ष दाहालले यस्तो बताएका हुन् । उनले आफूले प्रधानमन्त्री प्रचण्डका कारण नभई आफ्नै बलबुताको भरमा अघि बढ्दै आएकोसमेत जिकिर गरे ।



    राष्ट्रियसभा अध्यक्ष दाहालले भने,‘अब प्रचण्डको दयाले मात्रै म भएको भनेर त मलाई जवाफ दिन पनि वाक्क लाग्न थालिसक्यो । यो कति दिनसम्म दिने,कहिलेसम्म दिने ?’



    अध्यक्ष दाहालले प्रधानमन्त्री पुष्पकमल दाहाल र आफूले २०२७ सालमा एकैदिन अनेरास्ववियुको सदस्यता लिएर राजनीति सुरु गरेको बताए ।

    अध्यक्ष दाहालले आफ्नो एक महिने कार्यकाल सुखद भएको दाबी गर्दै अब पनि नराम्रो काम नगर्ने प्रतिववद्धता व्यक्त गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार