Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

मीरा पुनमगर बनिन् हङकङ प्रहरीमा भर्ती हुने पहिलो नेपाली महिला

काठमाडौं । म्याग्दीकी मीरा पुनमगर हङकङको प्रहरी सेवामा भर्ती भएकी छन् ।

नेपालीको बाक्लो बसोबास रहेको याउचिमोङ, युनलोङ क्षेत्रमा हङकङ प्रहरीले सञ्चालन गरेको ‘हिमालय प्रोजेक्ट’ अन्तर्गत प्रहरी तालिम पूरा गरि मीरा सोमबार प्रहरीमा भर्ना भएकी हुन् ।

हङकङ प्रहरीमा नेपालीहरू यसअघिदेखि नै रहेका भएपनि पहिलो पटक महिलाको भर्ना भएको बताइएको छ ।

हिमालय प्रोजेक्ट अन्तर्गत प्रहरी तालिम प्राप्त गरी भर्खरै पास आउट भएकी मीरा पुनमगर पहिलो नेपाली महिला प्रहरी बनेकी नेपाली भाषी समुदायले बताएका छन् ।

अब उनको कार्यक्षेत्र बाहुल्य एथ्निक माइनोरेटी बसोबास भएको क्षेत्रतिर हुनेछ ।

प्रहरीले अल्पसंख्यक समुदाय लक्षित गरि ‘हिमालय प्रोजेक्ट’ सञ्चालन गर्दै आएको छ, जसअन्तर्गत निशुल्क चिनियाँ भाषा कक्षा, फिटनेश कक्षासहित स्थानीय समुदायसँग एकीकरण गर्न सिकाइन्छ। यो परियोजना हङकङ प्रहरीमा भर्नाका लागि तालिम दिने उदेश्यले चलाइएको हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077