Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

काठमाडौँ उपत्यकाको वायु ‘अति अस्वस्थकर’, सावधानी अपनाउन अनुरोध

काठमाडौं । काठमाडौंको वायु प्रदूषणको स्तर अत्यन्तै अस्वस्थकर अवस्थामा पुगेको छ ।

विश्वभरको वायु प्रदूषणको अवस्था रियल टाइममा मापन गर्ने स्विट्जरल्याण्डको आईक्यू एयरकाअनुसार आज बिहान पौने ९ बजेसम्म नेपालको राजधानीको वायू प्रदूषणको हिसाबले विश्वमै पहिलो स्थानमा छ ।

आईक्यू एयरकाअनुसार काठमाण्डौको एयर क्वालिटी इन्डेक्स (एक्युआई) २ सय ४७ छ ।

त्यस्तै पाकिस्तानको लाहोरको २ सय ७ र भारतको नयाँदिल्लीको २ सय ३ एक्युआई छ । एक्युआई २ सय भन्दा माथि पुग्नुलाई अत्यन्तै अस्वस्थकर मानिन्छ ।

आईक्यू एयरका अनुसार १५० सम्मको एक्युआईलाई सन्तोषजनक, १५० देखि २ सयसम्मलाई अस्वस्थ र ३०१ देखि ५ सयसम्मलाई आपत्कालीन अवस्था मानिन्छ । वायु प्रदूषणले सामान्यदेखि जटिलसम्मका स्वास्थ्य समस्या देखा परेका छन् ।

वायु प्रदुषणले छाला, मुटु, मष्तिस्कमा पनि असर गर्ने हुनाले स्वास्थ्य सावधानी अपनाउन डाक्टरहरुले सुझाव दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077