Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

मजदुर बोकेको बस दुर्घटना हुँदा १२ जनाको मृत्यु

एजेन्सी । भारतको छत्तीसगढमा मजदुर बोकेको बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ।

एक निजी कम्पनीको मजदुर चढेको बस छत्तीसगढको दुर्ग जिल्लास्थित कुम्हारीनजिक दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको हो।

बस खपरी गाउँ पुग्नै लाग्दा अनियन्त्रित भई सडकबाट करिब ४० मिटर तल खसेको थियो। दुर्घटनामा १५ जना भन्दा बढी घाइते भएका छन्।

त्यहाँ पुगेपछि गाडीको हेडलाइट नबलेको र सडकबत्ति पनि नबलेकोले दुर्घटना भएको घाइतेहरूले बताएका छन्।

कच्ची सडकमा बस अनियन्त्रित भएपछि छेउमा रहेको खानीको खाडलमा खसेको थियो।

उक्त स्थानमा यसअघि पनि धेरै दुर्घटना भएको बताइएको छ। तर अहिलेसम्म खानीको खाली रहेको खाल्डो पुरिएको छैन।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077