Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

कांग्रेसलाई मनिष झाले भने - कुण्ठाको राजनीति छाडेर आउनुस्, कानूनी रूपमा जाऔँ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसलाई कुण्ठाको राजनीति नगर्न आग्रह गरेका छन्।

बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद झाले कांग्रेसलाई कुण्ठाको राजनीति नगर्न आग्रह गरेका हुन् । उनले यो सदनमा निराधार कुनै व्यक्तिमाथि पटक पटक लाञ्छना लगाउन नपाइने बताए।

सांसद झाले भने, 'गृहमनन्त्रीको विषयमा कानूनले कुनै निर्णय दिइसकेको छैन। सुरक्षा निकायले आफ्नो सूचना दिइसक्यो। प्रधानमन्त्रीले सदनमा आएर आफ्नो जवाफ दिइसक्नुभएको छ। त्यो उजुरी भनिएको कुनै व्यक्तिले चौकीमा दिएको मात्रै हो त्यो दर्ता भएको छैन। आउनुस्, कानूनी रूपमा जाऔँ, आउनुस् प्रक्रियागत रूपमा जाऔँ, कति कुण्ठा पाल्नुहुन्छ। त्यसैले यस्तो राजनीति नगर्नुस्।'

सांसद झाले हालसम्म भएका भ्रष्टाचारका सबै फाइल खोल्न आग्रह गर्दै संसद्‍मा बोल्न पाउने अधिकारलाई कुण्ठित गर्न आग्रह गरे ।

उनले राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापना नै सुशासनका लागि भएको बताउँदै आफ्नो दलबाट सुशासन नपाइएला कि भनेर आशङ्का गर्न आवश्यक नभएको बताए ।

प्रतिनिधि सभा नियमावलीको पृष्ठ ११ र १२ मा सदनमा बोल्न पाउनुपर्छ भनेर खुलस्त रूपमा लेखेको उनले स्मरण गराए ।

सांसद झाले आफ्नो दल पहिलो पटक सरकारमा जाने बेला बनाएको न्यूनतम साझा कार्यक्रम बनाउने बेला अहिलेसम्मका सबै भ्रष्ट्राचार मुद्दा छानबिन गरियोस् भनेर आफ्नो दलको तर्फबाट राखिएको बुँदा रास्वपा सरकारबाट बाहिरिएपछि कांग्रेसको सरकारले हटाएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077