Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ईपिएस भाषा परीक्षाको नतिजा सार्वजनिक, ४० हजारमध्ये ६ हजार उत्तीर्ण

काठमाडौं । उत्पादनतर्फ पहिलो चरणको कोरियाली भाषा परीक्षामा ६ हजार ३२१ जना उत्तीर्ण भएका छन्।

रोजगार अनुमति प्रणाली (ईपिएस) कोरिया शाखाले एचआरडी कोरिया शाखाले २०८० फागुन ७ गतेदेखि चैत २४ गतेसम्म लिएको परीक्षाको नतिजा सार्वजनिक गरेको हो।

शाखाका अनुसार पहिलो चरणको परीक्षामा ४० हजार ५८० जना सहभागी भएका थिए। उत्पादनमूलक क्षेत्रका लागि पहिलो चरणमा ४० हजार ५८० जनाले परीक्षा दिएकोमा ६ हजार ३२१ जना पास भएका छन्।

पहिलो चरणको परीक्षामा पास भएकाहरूको हकमा २०८१ वैशाख ९ गतेदेखि १५ गतेसम्म दोस्रो चरणको परीक्षा हुनेछ। दोस्रो चरणको स्किल टेस्ट र कम्पिटेन्सी टेस्टको परीक्षा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा हुने ईपीएस कोरिया शाखाले जनाएको छ।

परीक्षार्थीहरूले आफ्नो तोकिएको परीक्षा मिति, समय, र स्थान परिवर्तन गर्न नसक्ने कार्यालयले जनाएको छ । परीक्षार्थीहरूले आफ्नो सक्कल पासपोर्ट र प्रवेश पत्र अनिवार्य रूपमा लिनुपर्ने छ। अन्यथा परीक्षा स्थलमा प्रवेश नगराइने कोरियाले शाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077