Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रियसभा उपाध्यक्ष घिमिरेले लिइन् शपथ

काठमाडौं । राष्ट्रियसभा उपाध्यक्ष बिमला घिमिरेले पद तथा गोपनीयताको शपथ लिएकी छन् ।

राष्ट्रिय सभामा बुधबार भएको निर्वाचनमा सत्ता गठबन्धनकी उम्मेदवार घिमिरे निर्वाचित भएकी थिइन् ।

लगत्तै राष्ट्रपति कार्यालय, शीतल निवासमा आयोजित एक समारोहमा नवनिर्वाचित उपाध्यक्ष घिमिरेले राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालसमक्ष पद तथा तथा गोपनीयताको शपथ लिएकी हुन् ।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, सभामुख देवराज घिमिरे लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077