Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • स्थानीय प्रशासनलाई दबाब र प्रभावमा नपरी प्रभावकारी काम गर्न गृहमन्त्रीको निर्देशन

    स्थानीय प्रशासनलाई दबाब र प्रभावमा नपरी प्रभावकारी काम गर्न गृहमन्त्रीको निर्देशन

    अनलाइन नेपाल
  • बुधबार, २८ चैत्र २०८०
  • 486
    SHARES

    जनकपुरधाम । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले स्थानीय प्रशासनले दबाब तथा प्रभावमा नपरी कानून कार्यान्वयनमा दक्षतापूर्ण र प्रभावकारीरूपमा काम गर्न सम्बद्ध अधिकारीहरूलाई निर्देशन दिएका छन् ।

    नेपाल सरकार, गृह मन्त्रालय र मधेस प्रदेश, गृह, सञ्चार तथा कानून मन्त्रालयको संयुक्त आयोजनामा बुधवार जनकपुरधाममा भएको प्रदेशस्तरीय सुरक्षा गोष्ठीपछि सञ्चारकर्मीसँग कुरागर्दै गृहमन्त्री लामिछानेले यस्तो निर्देशन दिएका हुन् ।



    उनले वर्तमान सरकारले राम्रो काम गर्नेलाई पुरस्कृत र नराम्रो काम गर्नेलाई दण्डित गर्ने उल्लेख गर्दै सोहीअनुसार जनहितमा काम गर्न निर्देशन दिए ।



    गृहमन्त्री लामिछानेले मधेश प्रदेशको सुरक्षा संवेदनशीलता, खुला सीमा, लागुऔषध दुव्र्यसनी, मिटरब्याज, विपद् व्यवस्थापनलगायतका समस्या समाधान गर्न समन्वयात्मक ढङ्गले काम गर्नेसमेत निर्देशन दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार