Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बाढीको चपेटामा रूस, १३ हजारभन्दा बढी आवासीय भवन डुबानमा

मस्को । रूसका केही भागमा १३ हजारभन्दा बढी आवासीय भवन डुबानमा परेका छन् ।

अधिकांश बाढीग्रस्त क्षेत्रहरू ओरेनबर्ग क्षेत्रमा रहेको र यहाँ १२ हजार ८०० घरहरू डुबानमा परेका छन् ।

ओरेनबर्ग क्षेत्रमा सात हजार ७०० भन्दा बढी मानिसलाई विस्थापित गरिएको सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

ओरेनबर्गको ओस्र्क सहरमा बाढीका कारण ६ हजार ७०० आवासीय भवनहरू डुबानमा परेका र दुई हजार ६१६ मानिसहरूलाई विस्थापित भएका छन् ।

तापक्रममा निरन्तररूपमा औसत वृद्धिका कारण रूसको पश्चिमी साइबेरिया, भोल्गा क्षेत्र र केन्द्रीय संघीय क्षेत्रमा हिउँ पग्लिँदा विपत्ति निम्तिएको छ । रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077