Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • बिस्का जात्रामा भाँचियो भैरवनाथको रथ

    बिस्का जात्रामा भाँचियो भैरवनाथको रथ

    अनलाइन नेपाल
  • बिहिबार, २९ चैत्र २०८०
  • 390
    SHARES

    काठमाडौं । भक्तपुरको प्रसिद्ध बिस्का जात्राको पहिलो दिनमै भैरवनाथको रथ भाँचिएको छ ।

    भक्तपुरमा आठ रात नौ दिनसम्म मनाइने बिस्का जात्राको पहिलो दिन पाँचतले मन्दिरस्थित टौमढीबाट तान्न सुरु गरेको प्यागोडा शैलीको भैरवनाथको रथ भाँचिएको हो ।



    पहिलो दिन रथ तानेर ग हिटीमा पुर्‍याएर जात्रा सम्पन्न गर्नुपर्ने थियो । तर, रथको मेरुदण्ड मानिने ४ वटा गल सीमध्ये ३ वटा भाँचिएपछि रथ ग हिटीमा पुर्‍याउन नसकेको हो ।



    गुठी संस्थान अन्तर्गत रहेर सञ्चालन हुने बिस्का जात्राको रथ अहिले ग हिटीमा नजिकै राखेर मर्मत कार्य भइरहेको गुठी संस्थान भक्तपुरले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार