Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • भक्तपुर र हेटौंडामा पनि देखियो हैजा

    भक्तपुर र हेटौंडामा पनि देखियो हैजा

    अनलाइन नेपाल
  • बुधबार, २२ असार २०७९
  • 879
    SHARES

    भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नम्बर-४ दुवाकोट र हेटौंडा नगरपालिकामा हैजाका संक्रमित भेटिएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार उक्त दुई संक्रमितको अस्पतालमा उपचार भइरहेको छ ।

    ‘दुवाकोटका संक्रमितको टेकु र हेटौंडाका संक्रमितको काठमाडौंस्थित विरेन्द्र सैनिक अस्पतालमा उपचार भइरहेको छ । हालसम्म २१ जना हैजाका संक्रमित पुष्टि भइसकेको छ,’ महाशाखाका निर्देशक डा. चुम्मनलाल दासले भने ।



    काठमाडौं उपत्यकामा हालसम्म बागबजार र कालीमाटी, सानेपा, डिल्लीबजार, कपन, बालाजु, बल्खु, थानकोट, नैकाप, कोटेश्वर, कंलकी , किर्तिपुर, कागेश्वरी मनहरा, टेकु, र ग्वार्कोमा हैजाका संक्रमित भेटिएका छन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार