Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • जाम्बियामा हैजाबाट २२२ जनाको मृत्यु, ५४६२ जनामा संक्रमण

    जाम्बियामा हैजाबाट २२२ जनाको मृत्यु, ५४६२ जनामा संक्रमण

    अनलाइन नेपाल
  • मंगलबार, २४ पुष २०८०
  • 552
    SHARES

    एजेन्सी । जाम्बियामा हैजाबाट मृत्यु हुनेको सङ्ख्या २२२ जना पुगेको छ ।

    स्वास्थ्य मन्त्रालयले आइतबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार सङ्क्रमणको कुल सङ्ख्या ५ हजार ४६२ पुगेको हो ।



    गत वर्षको अक्टोबरमा हैजाको महामारी फैलिएको थियो । पछिल्लो २४ घण्टामा २७ जनाको मृत्यु भएको छ भने ५६७ जना नयाँ सङ्क्रमित थपिएका छन् ।



    मन्त्रालयका अनुसार सोही अवधिमा ३४० जना निको भइ घर फर्किएका छन् यसका साथै निको भएर घर फर्किनेको सङ्ख्या ४ हजार १७२ पुगेको छ ।

    त्यसैगरी सङ्क्रमित मध्ये अस्पताल भर्ना हुन बाँकीको सङ्ख्या १ हजार ५९ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार