Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • काठमाडौंमा थप दुई जनामा हैजा पुष्टि, संक्रमितको संख्या ७३ पुग्यो

    काठमाडौंमा थप दुई जनामा हैजा पुष्टि, संक्रमितको संख्या ७३ पुग्यो

    अनलाइन नेपाल
  • सोमबार, १३ भाद्र २०७९
  • 840
    SHARES

    काठमाडौं । काठमाडौंमा थप दुई जनामा हैजा पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार भदौ १२ गते टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा थप दुई जनामा हैजा पुष्टि भएको हो ।



    मन्त्रालयको तथ्याङ्क अनुसार भदौ महिला सुरु भएदेखि हालसम्म १९ जना हैजाका बिरामी थपिएका छन् । काठमाडौं उपत्यकामा असार २ गते पहिलो पटक हैजा पुष्टि भएको थियो ।



    सो अवधिदेखि हालसम्म ७३ जनामा हैजा पुष्टि भइसकेको छ । जसमध्ये ३४ जना महिला र ३९ जना पुरुष छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार