Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमाले जाजरकोटको अध्यक्षमा शाही निर्वाचित

जाजरकोट । नेकपा एमाले जाजरकोटको अध्यक्षमा नरेन्द्र कुमार शाही निर्वाचित भएका छन्।

निवर्तमान अध्यक्ष खिमबहादुर शाहीलाई ८ मत अन्तरले पराजित गर्दै शाही अध्यक्षमा निर्वाचित भएका हुन्।

मंगलबार भएको मतदानबाट शाहीले १ सय ९४ प्राप्त गरी विजयी भएका हुन्। निकटतम प्रतिस्पर्धी शाहीले १ सय ८६ मत पाएका थिए।

दुई प्यानल नै बनाएर चुनावी मैदानमा उत्रिएका नरेन्द्रलाई केन्द्रीय सदस्य निरज आचार्यको साथ रहेको थियो ।

खिमबहादुरलाई अर्का केन्द्रीय सदस्य भैरब सुन्दर श्रेष्ठको साथ रहेको थियो।

नरेन्द्र प्यानलबाट अध्यक्ष र उपसचिव निर्वाचित भएका छन् भने उपाध्यक्ष, सचिव र महिला उपसचिव खिमबहादुर प्यानलका निर्वाचित भएका छन्।

शाही यस अघि शिवालय गाँउपालिकाका अध्यक्ष हुन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077