Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पाकिस्तानमा ट्रक दुर्घटना हुँदा १७ जनाको मृत्यु

एजेन्सी । पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको हब जिल्लामा भएको ट्रक दुर्घटनामा १७ जनाको मृत्यु भएको छ ।

हब जिल्लाको गुलाम हुसेन चत्ता क्षेत्रमा धार्मिक तीर्थयात्रीहरू बोकेको ट्रक बुधवार राति दुर्घटनामा परेको हो । दुर्घटनामा परेर ३५ जना घाइते भएका छन् ।

उच्च गतिका कारण चालकले गाडीको नियन्त्रण गुमाउँदा उक्त घटना भएको बताईएको छ ।

दुर्घटनाको जानकारी पाएलगत्तै उद्धारकर्मीहरू घटना स्थलमा पुगी घाइतेहरूको उद्धार गरी स्थानीय अस्पतालमा लगेका थिए ।

कतिपय गम्भीर घाइतेलाई थप उपचारका लागि दक्षिणी बन्दरगाह शहर कराँची लगिएको छ । तीर्थयात्री बोकेको ट्रक सिन्ध प्रान्तको थट्टा जिल्लाबाट बलुचिस्तानको खुजदार जिल्लातर्फ जाँदै थियो ।

सवारी साधनको मर्मतसम्भारमा लापरवाही, भत्किएका सडक र सडक सुरक्षामा लापरवाहीका कारण पाकिस्तानमा बर्सेनि ठूलो संख्यामा सवारी दुर्घटना हुने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077