Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

उपत्यकामा हावाहुरी र चट्याङसहित वर्षा

काठमाडौं । काठमाडौं उपत्यकामा हावाहुरी तथा चट्याङसहितको वर्षा भएको छ।

हावाहारी, रुखको हाँगा भाँचिन सक्ने, चट्याङका कारण जनको क्षति हुनसक्ने भन्दै सतर्क रहन विज्ञले सुझाव दिएका छन्।

बिहीबार दिउँसोबाट उपत्यकामा पानी पर्न सुरु भएसँगै केही दिनयता बढिरहेको प्रदुषण न्यूनीकरणमा सहयोग पुग्ने बताइएको छ।

मंगलबार र बुधबार उपत्यकामा वायु प्रदुषण बढ्दा काठमाडौं विश्वको नै पहिलो प्रदुषित सहरका रुपमा सूचीकृत भएको थियो।

‘एयर क्वालिटी इन्डेक्स’का अनुसार बुधबार दिउँसो समग्र वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) दुई सय ६५ थियो।

सोमबार दिउँसो एक सय ६५ एक्यूआई रहेको प्रदुषण, मंगलबार दुई सय पुगेको थियो। आज भने प्रदुषण घटेर एक सय ७७ एक्यूआईमा सीमित भएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077