Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • प्रहरी प्रशासनलाई गृहमन्त्रीको चेतावनी – उद्योगी-व्यापारीलाई दुःख दिए कारबाही गर्छौं

    प्रहरी प्रशासनलाई गृहमन्त्रीको चेतावनी – उद्योगी-व्यापारीलाई दुःख दिए कारबाही गर्छौं

    अनलाइन नेपाल
  • बिहिबार, २९ चैत्र २०८०
  • 1.3K
    SHARES

    वीरगन्ज । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले उद्योगी व्यापारीलाई प्रहरी प्रशासनले दुःख दिए कारबाही गर्ने बताएका छन् ।

    वीरगन्जमा बिहीबार गृहमन्त्रालय र अर्थमन्त्रालयद्वारा आयोजित राजश्व अभिवृद्धि तथा चुहावट निन्त्रणसम्बन्धी गोष्ठीमा बोल्दै उपप्रधानमन्त्री लामिछानेले यस्तो बताएका हुन् ।



    पछिल्लो समय मुलुकको उद्योग व्यवसायको क्षेत्र पनि अति राजनीतिको सिकार भएको भन्दै उनले राज्यलाई कर तिरेर व्यापार व्यवसाय गर्छु भन्नेहरूसमेत त्रसित बनेर बस्न परिरहेको बताए ।



    राजश्व चुहावट पूर्णरूपमा नियन्त्रणका लागि सरकारसँगै प्रहरी प्रशासन र निजी क्षेत्रका पनि उत्तिक्कै भूमिका रहेको उनले बताए ।

    राजश्व चुहावट पूर्णरूपमा नियन्त्रण गरी मुलुकको राजश्व संकलनमा वृद्धि गर्नका लागि अहिलेको सरकार लागि परेको बताएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार