Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

महामन्त्री शर्माको दाबी - छिट्टै कांग्रेस र एमाले मिलेको खबर आउँछ, अनौठो मान्नु पर्दैन

झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफ्नो दल र नेकपा एमाले मिलेको खबर केही समयमै आउने बताएका छन् ।

झापामा बिहीवार पुहाँतु चौधरीको शालिक अनावरण गर्दै शर्माले यस्तो बताएका हुन् । उनले केही समयमै कांग्रेस र एमाले मिलेको खबर आउने दाबी गरे ।

‘यसअघि एमाले र माओवादी केन्द्र मिलेका थिए । त्यसपछि कांग्रेस र माओवादी पनि मिले । को कहिले मिले वा मिलेनन् भन्ने विषय स्थायी होइन,’उनले भने,‘यसैले अलिपछि कांग्रेस र एमाले मिलेको खबर पनि आउँछ । कांग्रेस र एमाले मिलेर सरकार बनाउन सक्ने सम्भावनालाई अनौठो मान्नु हुँदैन ।’

जिल्लाबासी नेता भएको हिसाबले एमाले अध्यक्ष केपी ओली र कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई सम्मान र श्रद्धा गर्ने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077