Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

संविधानको कार्यान्वयन अहिलेको आवश्यकता हो : उपाध्यक्ष पौडेल

बागलुङ । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले संविधानको प्रभावकारी कार्यान्वयन अहिलेको आवश्यकता भएको बताएका छन् । संविधानले नागरिकलाई सबै हिसाबले सुविधा सम्पन्न बनाएको भए पनि कार्यान्वयन नहुँदासम्म नागरिकले महसुस नगर्ने उनले उल्लेख गरे ।

नेकपा एमाले बागलुङको १०औँ जिल्ला अधिवेशनको बिहीबार बागलुङ उद्घाटन गर्दै उपाध्यक्ष पौडेलले नेतृत्वदायी भूमिका निर्वाह गरेर जनआन्दोलनमार्फत व्यवस्था परिवर्तन र नयाँ संविधान ल्याएको एमालेले नै संविधानको कार्यान्वयन तथा नागरिकमा आशा जगाउनुपर्ने बताए ।

गृहमन्त्री रवि लामिछानेको विषयमा अनुसन्धान गर्न संसदीय छानबिन समिति बन्छ भन्नु भ्रम मात्रै भएको उनको भनाइ थियो ।वर्तमान सरकार ढाल्नकै लागि प्रतिपक्षले संसद्को समय बरबाद गरेर अनुचित माग गरिरहेको उपाध्यक्ष पौडेलको आरोप थियो ।

गृहमन्त्रीलाई राजीनामा गराउने र वर्तमान समीकरणमा प्वाल पारेर आफू सत्तामा आउनकै लागि नेपाली कांग्रेसले संसदीय समितिको माग गरेको उनको भनाइ थियो ।

राज्यका निकायहरूले सहकारी ठगीका विषयमा अनुसन्धान गरिरहेकाले अहिले नै संसदीय छानबिन समितिको आवश्यकता नरहेको उनले बताए ।

“छानबिन नगर्ने भन्ने होइन, सत्ताबाट प्रतिपक्षमा पुगेको कांग्रेसको नियत ठिक छैन, उसले सत्ता समीकरण बिगार्नका लागि मात्रै यो माग गरिरहेको छ” उपाध्यक्ष पौडेलले भने, “संसद्को समय दुरुपयोगको काममा मात्रै कांग्रेस तल्लीन भयो ।” वर्तमान सरकार र सत्ता समीकरण लामो समय टिक्ने भन्दै उनले अहिलेको समीकरण बिगार्न लागेकाप्रति एमाले सचेत रहेको बताए । रासस

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077