Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

युक्रेनको ऊर्जा केन्द्रमा रुसको भिषण आक्रमण, विनाश डरलाग्दो

एजेन्सी । युक्रेनका ऊर्जा केन्द्रलाई निशाना बनाउने क्रममा रुसले किएभनजिकैको ट्रिपिलिया पावर प्लान्टमा भिषण हमला गरेको छ ।

ऊर्जा कम्पनी सेन्ट्रेनिग्रोका निर्देशक एन्ड्रिय होटाका अनुसार स्थानीय समयअनुसार बिहीबार बिहान भएको हवाई आक्रमणमा ट्रान्सफर्मर, टर्बाइन, जेनेरेटर पूर्ण रुपमा ध्वस्त भएका छन् ।

उनले ऊर्जा केन्द्रको विनाश डरलाग्दो रहेको बताए । यो युक्रेनका ३ वटा क्षेत्र झाइतोमिर, चेर्कासी र किएभमा विद्युत उपलब्ध गराउने ठूलो पावर प्लान्ट हो ।

यो पावर प्लान्ट किएभबाट ५० किलोमिटर दक्षिणमा पर्छ । आक्रमणका बेला कार्यरत कर्मचारी भने सुरक्षित भाग्न सफल भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077