Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

ट्याक्टरले खेत जोतिरहेका राजेशको करेन्ट लागेर मृत्यु

सर्लाही । सर्लाहीमा खेत जोतिरहेका ट्याक्टर चालकको करेन्ट लागेर मृत्यु भएको छ ।

चैते धान रोप्नका लागि ब्रह्मपुरी गाउँपालिका–२, का सत्यनारायण साहको खेत जोतिरहेका बेला ज १ त ४३१४ नम्बरको ट्याक्टरका चालक सोही ठाउँका २७ वर्षीय राजेश पासवानको मृत्यु भएको हो।

पानी पठाइरहेको मोटरको तारमा ट्याक्टरले छुँदा करेन्ट प्रवाह भई चालक पासवान गम्भीर घाइते भएका थिए।

उनको उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवामा बिहीबार निधन भएको सर्लाही प्रहरीले जनाएको छ ।

मृतक पासवानको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077