Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

टिपरमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु

जनकपुरधाम । धनुषामा टिपरमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु भएको छ ।

सिरहाको गोलबजार नगरपालिका ६ बस्ने ४२ वर्षीय इन्द्रदेव यादवको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार बिहीबार अपराह्न धनुषाको धनुषाधाम नगरपालिका ३ स्थित पुरनदाहाबाट धारापानी तर्फ जाँदै गरेको ना ७ ख १६६८ नम्बरको टिपरमा सोही दिशातर्फ जाँदै गरेको प्रदेश २–०१–००३ प ३८२२ नम्बरको मोटरसाइकल ठोक्किएको थियो ।

गम्भीर घाइते भएका मोटरसाइकल चालक यादवको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा साँझ करिब ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

टिपर र टिपर चालक उदयपुरको कटारी नगरपालिका ५० चेतकुमार श्रेष्ठलाई नियन्त्रणमा लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077