Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

कांग्रेसले संसद चल्न दिएन, अब अधिवेशन अन्त्य हुन्छ : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदको अधिवेशन अन्त्य हुने बताएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'सँग भेटेपछि अध्यक्ष ओलीले कांग्रेसले संसद चल्न नदिए अधिवेशन अन्त्य हुने बताएका हुन् ।

अध्यक्ष ओलीले संसदको अधिवेशन अन्त्य हुने र पछि फेरि आह्वान हुने बताए। अध्यक्ष ओलीले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद चल्न नदिएको आरोप लगाए।

कांग्रेसले सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएकोले संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ।

प्रतिनिधि सभा बैठक वैशाख २ गतेसम्मका लागि स्थगित छ। सरकारले अधिवेशन अन्त्य गरेर अध्यादेश ल्याउने चर्चासमेत भइरहेका छन्।

प्रधानमन्त्रीले लगानी वातावरण बनाउन अध्यादेश ल्याउन सकिने पनि अभिव्यक्ति दिएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077