Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

साइबर ब्यूरोले भन्यो - सम्प्रदायबीच घृणा फैलाउने सामग्री प्रकाशन नगर्नू

काठमाडौं । नेपाल प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जालमा सम्प्रदायबीचको सम्बन्ध खलल पार्ने लगायतका सामग्री प्रकाशन नगर्न अनुरोध गरेको छ।

शुक्रबार एक सूचना प्रकाशन गर्दै साइबर ब्यूरोले सार्वजनिक नैतिकता शिष्टाचार विरूद्धका सामग्री वा कसैप्रति घृणा वा द्वेष फैलाउने वा विभिन्न जातजाति र सम्प्रदायबीचको सम्बन्धलाई खलल पार्ने किसिमका सामग्री प्रकाशन वा प्रदर्शन नगर्न अनुरोध गरेको हो।

यस्ता सामग्री प्रकाशन वा प्रदर्शन गर्ने, लाइक गर्ने, ट्याग गर्ने, कमेन्ट गर्ने र रिपोस्ट गर्ने गतिविधिहरू ब्युरोको ध्यानाकर्षणको भएको जनाएको छ।

कानुनको उल्लंघन हुने कुनै गतिविधि भए विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम कारबाही गरिने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077