Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भिसा सकिएर पनि नेपालमा बसिरहेका तीन बंगलादेशी नागरिक पक्राउ

काठमाडौं । गैरकानुनी तवरले नेपालमा बसिरहेका तीन बंगलादेशी नागरिक पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले गएको बुधबार उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा २७ वर्षीय राना अहमद, २४ वर्षीय रोकिब हुसेन र ३० वर्षीय सुमन शाजहान छन् ।

उनीहरू भिसा अवधि सकिएपछि पनि गैरकानुनी रूपमा बसिरहेका थिए ।

ठमेल क्षेत्रबाट उनीहरूलाई नियन्त्रणमा लिइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

उनीहरूलाई आवश्यक अनुसन्धान र कारबाहीका निम्ति अध्यागमन विभागमा पठाइएको छ । यसअघि पनि पाँच बंगलादेशी नागरिक पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077